काठमाडौंमा सवारी दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौं, १० चैत । काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका अनुसार दुर्घटनामा २ जना चालक र ४ जना पैदलयात्री घाइते भएको छन् । घाइतेहरूको कलंकीस्थित सहिद मेमोरियलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलिसकेको छैन ।
कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले स्कुटर मोटरसाइकललाई ठक्कर दिएको हो ।
सुर्खेत घर भई हाल बत्तीसपुतली बस्ने खगेन्द्रप्रसाद अधिकारीले चलाएको कारले रोकिराखेको स्कुटर र गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


