सडक दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौं, १० चैत । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, सुन्दरीमाईमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार टाटा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बिहीबार दिउँसो १ बजेको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना १ ज ३४७२ नम्बरको सुमो र भैंसेबाट हेटौंडातर्फ जाँदै गरेको ना ४९ प २५५६ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा हुँदा मोटरसाइकलचालक हेटौंडा–८, कमानेका प्रमोदकुमार रिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटनामा परेका दुवै सवारी साधन र सुमोका चालक काठमाडौं–१४, बल्खु का ३९ वर्षीय अर्जुन भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


