सर्लाही, १० चैत । प्रहरीले सर्लाहीबाट लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नम्बर–१३ बस्ने २४ वर्षीय उमेश कुमार सिंह रहेका छन् ।

बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सिंहको साथबाट लागुऔषध कोडिवेल एकसय एमएलको १ सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरिएको डीएसपी बुढाथोकीले बताए ।