पूर्व एसएसपी साहको पहलमा विदेह नगरपालिकामा निःशूल्क स्वास्थ्य शिविर

जनकपुरधाम, ९ चैत । केही दिन अघि नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएका गोविन्द कुमार साह गाउँ फर्के लगत्तै सामाजिक कार्यमा जुटेका छन् ।
धनुषाको विदेह नगरपालिका–८ बफैमा उनको पहलमा बुधवार निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा ७५० जना व्यक्तिलाई निःशूल्क स्वास्थ्य परामर्श, औषधी तथा उपचार सेवा प्रदान गरिएको डा.प्रेमकुमार साहले बताए ।

काँग्रेसको जग बलियो बनाउने भूमिका र सामाजिक कार्यको इतिहास परिवारसँग जोडिएको हुँदा आफू पनि जागिर छाडेपछि सामाजिक कार्यतर्फ केन्द्रित बनेको पूर्व एसएसपी साहले बताए । विदेह नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिने तयारीमा रहेका साहले यसअघि गाउँलेहरुले चुनाव लड्न आउनै पर्छ भनेपछि पदबाट राजीनामा दिएको बताए ।

एस.पी. अर्थोपेडिक हस्पिटल एण्ड क्रिटिकल केयरद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. विजय कापर (गाइनोकोलोजी), डा.संजय कुमार साह (अर्थोपेडिक), डा. संजित साह (अर्थोपेडिक), डा.श्रीनारायण यादव (पेडियाट्रिक), डा. संजय साह (पेडियाट्रिक), डा.रामस्नेही यादव (डेन्टल), डा. चन्दन साह (इएनटी), डा. प्रेमकुमार साह (क्रिटिकल केयर) का साथै डा. सुदिप साह, सिकन्दर मण्डल र विष्णुदेव रजकले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


