सप्तरी, ९ चैत । विगत लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेकी नेतृ रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।

जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् ।

सो अवसरमा सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरे । बुधबार आयोजित कार्यक्रममा उनीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले स्वागत गरेका छन् ।