२५ जना डीएसपीको काज सरुवा

काठमाडौं, ९ चैत । नेपाल प्रहरीले २५ जना प्रहरी नायव उपरीक्षकको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले २५ जना डीएसपीको काज सरुवा गरेको हो ।
जबकि हरेक वर्ष हुनुपर्ने प्रहरी अधिकृतहरूको सरुवा १८ महिनादेखि हुन सकिरहेको छैन । यस्तो अवस्थामा काज सरुवा गरेको हो ।
आवश्यकअनुसार काज खटाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि खटाइएको क्षेत्रमा काम गर्न भनिएको छ ।
काज सरुवा गरिएकामध्ये १० जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । डीएसपी प्रमुख हुने १० जिल्लाको इन्चार्ज फेरिएका हुन् ।
जसमा म्याग्दी प्रहरी प्रमुखको जिम्मेवारी तिलक भारतीले पाएका छन् । त्यस्तै पूर्वी रुकुममा प्रकाश डाँगी, दार्चुलामा प्रतीक विष्ट, मनाङमा प्रेमसागर केसीलाई काज खटाइएको छ ।
त्यस्तै सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोतीलाई काज सरुवा गरिएको हो । हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौलालाई समेत काज सरुवा गरिएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सरुवा बढुवालाई तीव्रता दिइएको छ ।
निर्वाचन आयोगले केही दिनमा निर्वाचन आचारसंहिता लागू गर्दैछ । त्यस अगावै सरकार सुरक्षा निकायका अधिकारी तथा प्रशासन संयन्त्रमा ठूलो मात्रामा फेरबदल गर्दै छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


