मकवानपुर, ९ चैत । ४२ किलो गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना६ख ४४०९ नम्बरको ट्रकलाई चेकजाँज गर्दा चालक बस्ने पछाडी गाँजा भेटिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ३१ वर्षीय टिपर चालक ईश्वर पाठक, सहचालक २२ वर्षीय सागर थिङ, रामग्राम नगरपालिका १२ बस्ने ६० वर्षीय राजेशप्रसाद रौनियार र ४० वर्षीया रेश्मा भर रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।