लेटाङ घटना : प्रदेश १ प्रहरीले छानविन अगाडि बढायो

विराटनगर, ९ चैत । मोरङको लेटाङमा महिला प्रहरीको मृत्यु भएको घटनाको प्रदेश १ प्रहरी कार्यालयले छानविन अगाडि बढाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
घटनाको सबै पक्षमा अनुसन्धान गरेर दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङको लेटाङमा आइतबार छात्रामाथि यौनजन्य दूव्र्यवहार भएको घटना सार्वजनिक भएपछि भड्किएको हिंसामा परेर एक महिला प्रहरीको मृत्यु भएको थियो ।
घटनास्थल अनुगमनमा गएका प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार जिसीले प्रहरी जवानको मृत्यु भएको घटनाको छानविन गर्ने बताएका थिए ।
आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका थिए भने ७ जनासम्म सर्वसाधारण घाइते भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


