सर्लाही, ९ चैत । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर–१५ सतभैया बस्ने ४५ वर्षीय कुल बहादुर पुलामि मगर रहेका छन् ।

सोही ठाउँ बस्ने धन बहादुर दर्लामीको मन्दिर बनाउने क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर ४२ वर्षीय गणेश बहादुर दर्लामी घाइते भएका छन् ।

रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुँदा दुबैजनालाई करेन्ट लागेको थियो ।

उनीहरु मध्ये कुल बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

घाइते गणेश बहादुर उपचार पश्चात घर फर्केका छन् ।