पर्सामा १५ वर्षीया एक किशोरी बलात्कृत

पर्सा, ९ चैत । पर्सामा १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ ।
पटक–पटक बलात्कार गरेको भन्ने जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१३ बाट पक्राउ गरको हो ।
कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठो प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा घुमफिर गराउने बहानामा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


