देशको सबैभन्दा ठूलो राजनीतिक दल एमाले : अध्यक्ष ओली

काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको दाबी दोहो¥याएका छन् ।
ओलीले आफ्नो पार्टीका बारेमा भ्रम सिर्जना गर्न खोजिएको पनि आरोप लगाए । उनले आफ्नो पार्टीविरुद्ध जनविरोधी प्रचारहरू भएको दाबी गरे ।
०९१ सालमा स्थापना भएको पार्टीसमेत एमालेमा समाहित भएको उल्लेख गर्दै ओलीले भने, ‘आज वर्तमान जननिर्वाचित संस्थामा प्रतिनिधित्व हिसाबले, राष्ट्रलाई अघि बढाउने नीतिका प्रश्नमा, अरू व्यवहारिक प्रश्नमा हामी प्रमुख पार्टी हो । इतिहासको हिसाबमा हामीसँग ०९१ सालमा स्थापना भएको पार्टी प्रजा परिषदसमेत हाम्रो पार्टीमा समाहित भएको छ ।’
आगामी निर्वाचन महत्वपूर्ण भएको भन्दै ओलीले भोलि केन्द्रमा बहुमतको सरकार बने पनि विकास जनताको घर दैलोमा पु¥याउने काम स्थानीय तहको भएको बताए । उनले स्थानीय निर्वाचनमा एमालेले बहुमतसहित विजय हासिल गर्ने पनि दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


