प्रदेश सरकारले दृष्टि विशेषज्ञका लागि नयाँ दरबन्दी सृजना गर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम, ९ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट प्रदेश र स्थानीय सरकारको लागी हुन लागेको ओएनएममा दृष्टि विशेषज्ञहरुका लागि नयाँ दरबन्दी सृजना गर्ने बताएका छन् ।
नेपाल दृष्टि विशेषज्ञ संघ मधेस प्रदेश समितिद्वारा विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मानव जीवनको लागि अति महत्वपूर्ण आखाँ विशेषज्ञ सेवाको सरकारी अस्पतालमा सुरुदेखी नै आभाव देखिएकोले नयाँ ओएनएममा नयाँ दरवन्दी सृजना गर्ने प्रतिबद्धता जनाए ।
आँखा जस्तो सम्बेदनशिल क्षेत्रमा सरकारको ध्यान अहिलेसम्म नपुग्नु दुःखद रहेको उल्लेख गर्दै उनले प्रदेश सरकार मातहतको जिल्लास्थित अस्पतालहरुका साथै स्थानीय तह मातहत रहेका अस्पतालहरुमा समेत नयाँ दरबन्दी सृजना गर्ने बताए ।
नेपालमा रहेको करिब १ हजार २ सय दृष्टि विशेषज्ञहरु मध्ये मधेस प्रदेशमै करिब ४ सय संख्या रहेको हुँदा उनीहरुको व्यवस्थापनको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
संघका मधेस प्रदेश अध्यक्ष लाल मोहम्मदको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ, स्वास्थ्य निर्देशक विजय झा सहितको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


