ओलीको इनर्जी देखेर म प्रभावित भएँ : अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं, ८ चैत । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भएकै कारणले आफू पार्टी प्रवेश गरेको बताएकी छन् । ओलीमा देखिएको इनर्जी देखेर आफू प्रभावित भएको उनले बताइन् ।
‘आजबाट नेकपा एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको छु । त्यो मुलुकको परिवर्तन र समृद्धिको लागि काम गर्ने सोच लिएर यहाँ उभिएको छु’ करिश्माले भनिन ।
उनले एमाले नै किन रोजेको भन्ने प्रश्नको जवाफस्वरूप भनिन्, ‘नेकपा एमाले नै किन भन्ने प्रश्न आउन सक्छ । अघि बढ्न अरु दलहरु पनि छन किन एमाले ? भन्ने प्रश्नहरु छन् । पहिलो, अध्यक्ष ओली । नेता भनेको जनताको अगुवा हो । जनताको भविष्य सुनिश्चित गर्ने पात्र हो । त्यो म केपी ओलीजीमा पाउँछु । उहाँको इनर्जी देखेर म ताजुप नै भएको छु । म नेपालको अरु ठाउँमा जाँदा पनि उहाँको इनर्जीको गुणगान गाएको सुन्छु ।’
करिश्माले पार्टी प्रवेश गर्दै अघि भनिन, ‘आफूलाई पछाडि फर्केर हेर्दा आफूले गरेको दुःख, संघर्ष गरेको छु । फर्केर हेर्दा त्यो भन्दा अघि बढ्ने कुनै ठाउँ छैन त भन्ने प्रश्न मेरो मनमा रह्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय दाजुभाइहरूको सद्भाव र हौसलाले मैले केही गर्नुपर्छ भन्ने लागिरह्यो । पछिल्लो समय मेरो गतिविधि हेर्दा अनौठो पनि लाग्छ होला ।’
एमाले प्रतिपक्षमा रहेको भएपनि अहिले पनि पहिलो पार्टी भएको उनले बताइन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


