जनकपुरधाम, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् ।

उनले भने,‘लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।’

अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने समेत बताएका छन् ।