पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं, ८ चैत । पूर्वमन्त्री एवं समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
सिंहले पार्टीका अन्य पदाधिकारी तथा नेताहरूलाई पनि एमालेमा भित्र्याएका छन् ।
सिंहलाई अध्यक्ष ओलीले टीका र खादा लगाएर एमालेमा स्वागत गरे । यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


