मुख्यमन्त्री राउतले तिरेनन् खानेपानीको महसुल, खानेपानी संस्थान वीरगञ्जले काट्यो धाराको लाइन

जनकपुरधाम, ८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले खानेपानीको बिल नतिरेको खुलेको छ ।
मुख्यमन्त्री राउतका पिता दशरथको नाममा खानेपानीको १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख इन्जिनीयर निरण महर्जनले बताए ।
पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि संस्थान वीरगञ्ज शाखाले उनको धाराको लाइन काटेको हो ।
उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ । धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ ।

इन्जिनीयर महर्जनका अनुसार पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निर्णयअनुसार लाइन काटिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


