सर्लाहीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु

सर्लाही, ८ चैत । सर्लाहीमा जिपको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देवी मंण्डलको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी मण्डलको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
द्युर्घटनामा परी ६५ वर्षीया जयकलिया देवी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने जिप सहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी गोडैताले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


