धनुषामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु

जनकपुरधाम, ७ चैत । धनुषामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ ।
सोमबार दिउँसो जिल्लाको विदेह नगरपालिका–६ स्थित तिनकौरयिा सडक खण्डमा अचेत अवस्थामा फेला परेका सोही नगरपालिका–७ बस्ने फुदार दासका अन्दाजी ३० वर्षीय छोरा दिपनारायण दासको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार मृतक दास अचेत अवस्थामा फेला परेका थिए । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको उनले बताए ।
घटनाबारे अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अहिले मृतकको शव अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


