जनकपुरधाम, ७ चैत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलहरुले आफ्नो निर्वाचन केन्द्रीत गतिविधिलाई तिव्रता दिएको छ ।

सोही क्रममा नेकपा माओवादी केन्द्र मधेस प्रदेशले जनकपुरधाममा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागेको छ ।

मंगलबार हुन लागेको मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रमलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

जनकपुरधाममा पहिलो पटक आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २ हजार ५ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

सो प्रशिक्षण कार्यक्रम जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुने उनले बताए ।

यस प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला समितिका प्रतिनिधि, जनवर्गिय संगठनका प्रतिनिधिलगायतकाहरुको सहभागि रहने जनाइएको छ ।