काठमाडौं, ७ चैत । नेकपा एमालेले आगामी ९ वैशाखमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको हो ।

सोमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको बताए ।

सोमबारको बैठकमा उम्मेदवारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताए । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उनको भनाइ छ ।