वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जसपामा प्रवेश

पर्सा, ७ चैत । पर्साको वीरगञ्ज महानगरपालिकाका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)नेपालमा प्रवेश गरेका छन् ।
सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंहलाई पार्टी अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् ।
नेता सिंह लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले नेता सिंहलाई जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार घोषणा गर्न नेतृत्वसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


