छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

चितवन, ७ चैत । चितवनमा छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछाने रहेका छन् ।
गत २९ फागुनमा कक्षा ९ मा अध्ययनरत १५ वर्षकी छात्रामाथि माडी–५ बस्ने ३७ वर्षीय शिक्षक लामिछानेले यौन दुर्व्यवहार गरेका थिए ।
पीडित विद्यार्थीका अनुसार शिक्षक लामिछानेले पटकपटक अन्य छात्राहरूमाथि पनि यौन दुर्व्यवहार गर्दै आएका थिए ।
आइतबार पीडित विद्यार्थीका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपश्चात् शिक्षक लामिछानेलाई पक्राउ गरिएको चितवन प्रहरीका सूचना अधिकृत डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


