काठमाडौं, ७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

पर्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको मनोनयन दुई दिन बनाइएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाउनुपूर्व राजनीतिक दलहरूसँग छलफल नगरेकोमा पनि प्रश्न गरेका छन् । राजनीतिक दलहरूसँग परामर्श नभएको भन्दै यो तरिका ठिक नभएको उनले बताए ।

ओलीले भने, ‘केही समयपछि स्थानीय तहको निर्वाचन हुँदैछ । वैशाख ११ र १२ गते मनोनयन हुँदैछ । यसपटक मनोनयन दुई दिन राखियो । यो के का लागि हो ? यो गम्भीर प्रश्न छ ।’

साथै, उनले निर्वाचन आयोगका पदाधिकारीले यस्तो विषयमा राजनीतिक दलहरूसँग छलफल नगरेको बताए ।

सत्तारूढ गठबन्धनभित्र झमेला भएको कारणले त्यो मिलाउनका लागि २ दिनको समय लिइएको हुनसक्ने ओलीले बैठकमा नेताहरूलाई बताए ।