प्रहरी जवान श्रेष्ठको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

विराटनगर, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् ।
देउवाले अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति नपाउने बताए ।
उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


