तमलोपा स्थानीय निर्वाचनमा भाग लिने पक्का

जनकपुरधाम, ६ चैत । तराई मधेश लोकतान्त्रिक पार्टी मधेस प्रदेशको ८ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिने पक्का भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि जिल्लाहरुमा दल दर्ता गराउनुपर्ने समयसीमा ६ चैतसम्म दिएको थियो । उक्त समयसीमाभित्र तमलोपाले मधेस प्रदेको ८ वटै जिल्लामा दल दर्ता गराएको पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।
मण्डलले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आयोगले दल दर्ता खुलाएकोमा आफ्नो पार्टीले यस प्रदेशको सबै जिल्लामा दल दर्ता गराएको बताए ।
संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको छ ।
उनले तमलोपाले अब आफ्नो पार्टीको कलश चुनाव चिन्ह ८ वटै जिल्लामा पाउने सुनिश्चित भएकोसमेत बताए ।
वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपाले आफ्नो दलको चुनाव चिन्हका साथ स्थानीय निर्वाचनमा भाग लिन पाउने भएको छ ।
स्थानीय तहको निर्वाचन सम्वन्धी ऐन, तथा नियमावली २०७३ अनुसार आयोगले चुनाव चिन्ह उपलब्ध गराउने गरेको छ ।
स्थानीय तहको निर्वाचनमा सहभागि हुने राष्ट्रिय दल बाहेक अन्य दललाई भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सो दलको आफ्नै निर्वाचन चिन्ह प्रयोग गर्न पाउने आयोगले निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


