माओवादीबाट अलग भएको घोषणा गरेका विष्ट एमालेमा प्रवेश

काठमाडौं, ६ चैत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई आइतबार दिउँसो नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले पार्टीमा स्वागत गरेका हुन् ।
उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


