न्याय सेवा आयोगका १८५ कर्मचारीको सरुवा

काठमाडौं, ६ चैत । न्याय सेवा आयोगले १८५ जना कर्मचारीको सरुवा गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले न्याय सेवाका धेरै कर्मचारीको एकै पटक सरुवा गरेको हो ।
सरुवा गरिएकाहरुमा न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत रहेका छन् ।
बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।
लिखित परीक्षा र अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


