काठमाडौं, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बनेको आरोप लगाएका छन् ।

नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको अध्यक्ष ओलीको भनाइ छ ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रङ हरियो मात्रै बनाउनु एमालेप्रति लक्षित गरेर आएको जिकिर गरे । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयको उनले विरोधसमेत जनाएका छन् ।