कम्युनिस्टसँग गठबन्धन गर्दा कांग्रेसलाई असहजता उत्पन्न हुन्छ : शेखर कोइराला

मोरङ, ६ चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टीलाई कुनै फाइदा नहुने बताएका छन् ।
मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टसँग गठबन्धन गरेर जाँदा कांग्रेसलाई असहजता उत्पन्न हुने बताएका हुन् ।
उनले कम्युनिस्ट पार्टी क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहजता उत्पन्न हुने दाबी गरे । उनले कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिने बताए । कम्युनिस्ट पार्टीका मतदाताले कांग्रेसलाई मत नदिने उनको तर्क छ ।
उनले पार्टीभित्रको गुट–उपगुट समाप्त गरी आन्तरिक रुपमा गठबन्धन हुनुपर्ने सुझाव दिए । कांग्रेसले निर्वाचन जित्नका लागि अन्य पार्टीसँगको गठबन्धनभन्दा पनि आफूभित्रै गठबन्धन हुनु आवश्यक रहेको उनले औँल्याए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


