एमालेको सफलतालाई देखेर केही शक्तिहरू आतंकित भए : ओली

काठमाडौं, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई देखेर केही शक्तिहरू आतंकित भएको बताएका छन् ।
इलाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले देशको विकास गरेर भ्याइदिने भयो भनेर ती शक्तिहरूले एमालेलाई सरकारबाट हटाएको तर्क गरे ।
उनले भने,‘केही शक्तिहरू एमालेले लिएको वैचारिक र जबजको क्षमता, एमालेले लिएको विकास, सुशासन, भ्रष्टाचारविरोध नीतिलाई देखेर र नेकपा एमालेले प्राप्त गरेको सफलतालाई देखेर आतंकित भए । एमालेलाई सरकारबाट नढाली नहुने किन भने एमालेले सबै भ्याइदिने भयो भनेर डर भयो । तिनीहरूको सटर बन्द हुने भए । त्यस कारण तिनीहरू आत्तिए ।’
उनले एमाले छोडेर अर्को एकीकृत समाजवादीमा लागेकाहरूप्रति आक्रोशित व्यक्त गरे । एमालेले लगाइदिएको सांसद, मेयरको फुली फुकाल्नुपर्ने उनको धारणा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


