महोत्तरीमा बेग्ला बेग्लै घटनामा दुईजनाको मृत्यु

महोत्तरी, ६ चैत । महोत्तरीमा बेग्ला बेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ ।
एकजनाको पोखरीमा पौडी खेल्ने क्रममा र अर्का एकजनाको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
महोत्तरी गाउँपालिका वडा नम्बर–५ स्थित गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर–३ स्थित बैरिया टोलमा मोति भनिने अब्दुल हुसेनले संचालन गर्दै आएको कुखुरा फर्म नजिक रहुप साह फकिरको घाँस काटने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जनाइएको छ ।
मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाईएको महोत्तरी प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


