पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाइते

पर्सा, ६ चैत । पर्सामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
जिल्लाको ठोरी गाउँपालिका–३ मा टेम्पो दुर्घटना हुँदा सोही टेम्पोका चालक वडा नम्बर–४ बस्ने ३५ वर्षीय बीरबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
रामनगरबाट बिजयवस्तीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टेम्पोमा सवार ठोरी–३ का खेल बहादुर विश्वकर्मा र विजय सुनार सामान्य घाइते भएका छन् ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


