आगामी निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झार्ने ओलीको दाबी

काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने बताएका छन् ।
अनेरास्ववियुले शनिबार आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सीमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताएका हुन् ।
यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ, उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दाबी गरे ।
यस्तै, कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी समेत गरे ।
अध्यक्ष ओलीले अब एमालेबाहेक अरू पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए ।
संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


