विष्टले सभामुखसमक्ष गरे प्रदेशसभा छाडेको सनाखत

सुर्खेत, ४ चैत । कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । उनले सभामुख राजबहादुर शाहीसमक्ष सनाखत गरेका हुन् ।
विष्टले २७ फागुनमा इमेलमार्फत राजीनामा दर्ता गराएका थिए । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका बिष्टलाई नेकपा माओवादी केन्द्र संसदीय दलले नियमित कामकाजमा फर्किन भनेको थियो ।
विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो । तर, विष्टले पार्टी नै छाड्ने निर्णयमा पुगेको बताएका छन् ।
विष्टले एमसिसी पारित गरिन नै आफूले पार्टी छोड्नुको मुख्य कारण रहेको जिकिर गरेका थिए । यद्यपि उनी अध्यक्ष प्रचण्डको वचनअनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए ।
प्रचण्डले उनको ठाउँमा हुम्लाका गैरसांसद र यसअघि मूर्तिचोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए ।
विष्टले एमसिसी मात्र नभई पार्टीले लाभको पदमा पुग्न दिने वातावरणको सिर्जना नगरेको भन्दै एक वर्षअघि पनि माओवादी पार्टी छाडेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


