सिरहाबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ

सिरहा, ४ चैत । प्रहरीले सिरहाबाट पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–११ बस्ने ४२ वर्षीय ब्रहमदेब यादव रहेका छन् ।
बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकलमा सवार यादवलाई सोही वडाको आँप चोकबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।
उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल एक थान र ५ राउन्ड गोलीसहितको एक थान म्याग्जिन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
यादवलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


