स्थानीय निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको मिति तोकियो

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयन दर्ताको मिति तोकेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले ११ र १२ वैशाखमा बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको मिति र समय तोक्ने निर्णय गरेको हो ।
आयोगको तालिकाअनुसार १२ गते बेलुका मनोनयन–पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।
त्यस्तै १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइने छ ।
यसैगरी, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका तय भएको छ । त्यस्तै, १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ ।
स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा एकैचरणमा हुँदैछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


