काठमाडौं, ४ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठककमा स्थानीय निर्वाचनलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव पेश भएको छ ।

यो प्रस्ताव स्वयं विप्लवले अगाडि सारेका हुन् ।

शुक्रबार दिउँसो कपिलवस्तुमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले बैठकमा स्थानीय निर्वाचनलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव पेश गरेका हुन् ।

यस विषयमा पेश भएको राजनीतिक प्रतिवेदनबारे शनिबार दिउँसोसम्म छलफल गर्ने निर्णय गरिएको छ ।

यसअघि पार्टीको सचिवालय बैठकमा पनि विप्लवले यही प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्ताव आएसँगै पार्टीमा दुई समूह देखिएको थियो । पार्टीमा प्रवक्ता प्रकाण्ड मात्र विप्लवको पक्षमा देखिएका छन् । पार्टी सचिवालयका अन्य दुई सदस्य यसको विपक्षमा छन् ।

चुनावमा जाने विषयका कारण पछिल्लो समय यो पार्टीमा विग्रह आउन सक्ने अनुमान गरिएको छ ।