माओवादी केन्द्र चितवन इन्चार्जको जिम्मेवारी रेनु दाहाललाई

चितवन, ३ चैत । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ ।
बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।
यस्तै अन्य पदाधिकारी भने टुंगिन बाँकी रहेको संयोजकको जिम्मेवारी पाएका अधिकारीले जानकारी दिए ।
माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


