होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक किशोरी गम्भीर घाइते

काठमाडौं, ३ चैत । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक किशोरी गम्भीर घाइते भएकी छन् ।
बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


