काठमाडौं, ३ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् ।

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत् जनताले पुरस्कृत गर्ने विश्वास व्यक्त गरेका हुन् ।

दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको अध्यक्ष नेपालले बताए । उनले एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे ।

कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकता भाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन् ।