इन्धनको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ

काठमाडौं, २ चैत । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
बढेको मूल्य बुधबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।
बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ ।
डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


