मन्त्री यादवको मुद्दा राजनितिक प्रभावका कारण अगाडि बढ्न सकेन

जनकपुरधाम, २ चैत । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार मचाउने दिएको अभिव्यक्ति र उनिमाथि उत्तेजना फैलाउने कार्य गरेको भन्दै दिइएको मुद्दा राजनितिक प्रभावका कारण प्रक्रिया अगाडि बढन सकेको छैन ।
जसपा नेपालले बलिदानी दिवसको अवसरमा गत माघ ५ गते गौरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सिके राउतका कार्यकर्ताहरुलाई लक्षित गरेर आफुहरुको कार्यक्रममा अवरोध सिर्जना गरेको खण्डमा फेरि गौर नरसंहार मचाई दिने अभिव्यक्ति दिएकी थिइन ।
उनको सो अभिव्यक्तिको चर्को आलोचना मात्रै हैन राजिनामा दिन माग पनि उठेको थियो । यादवको राजिनामा सहितको माग गर्दै विभिन्न ठाउँमा विरोध प्रदर्शन समेत भएको थियो । उनिमाथि हुलाक कार्यालय मार्फत नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रंजित कर्णले उजुरी दर्ता गरेका थिए । तर अहिलेसम्म मुद्दाको प्रक्रिया अगाडि बढन सकेको छैन । कर्णले आफुहरु राजनिति गर्ने व्यक्ति भएकोले निवेदन दिएर मुद्दा उठाई दिएको बताए ।
उनले भने,‘पार्टीले नै यस्तो अभिव्यक्ति दिनेलाई बर्खास्त गर्नुपर्ने हो । नभए प्रधानमन्त्रीले नै हटाउनुपर्ने हो । यसले उत्तेजना फैलाउनेहरुको मनोवल बढने छ ।’
जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले हुलाकमार्फत आउने निवेदनहरुलाई सनाखतको लागि हुलाकमार्फत नै पठाउने गरिएको बताउँदै मुद्दाको अन्य प्रक्रियाहरु कहाँ पुगेको हो बुुझनै पर्ने बताए ।
यादवमाथि राजिनामा दिन चर्को दवाव परेपछि राष्ट्रिय मानव अधिकार आयोगले माघ २० गते मन्त्रीलाई बोलाएर स्ष्टीकरण लिएको थियो ।मन्त्री यादवले श्रद्धाञ्जलीसभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको स्पष्टीकरण दिएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


