काठमाडौं, १ चैत । नेपाल प्रहरीले म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरेको छ ।

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि भन्दै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीको आवेदन आह्वान गरेको हो । १ लाख म्यादी प्रहरीका लागि आवेदन आह्वान गरिएको छ ।

आवेदन ६ देखि ११ चैतसम्म सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीनवटै परिसरबाट दिन सकिने छ ।

म्याद प्रहरीले ४० दिनको सेवा सुविधा पाउने छन् । आवेदन दिनका लागि १८ देखि ५४ वर्षसम्मको उमेर हद तोकिएको प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

म्यादी प्रहरीले तलबबाहेक रासन र पोशाकवापतको रकम पनि पाउनेछन् ।