सवारी चालक अनुमतिपत्रको वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, १ चैत । सवारी चालक अनुमतिपत्रको वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै चैत १ गतेदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए ।
अहिले विभाग र विभिन्न प्रदेश अन्तर्गत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।
यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


