एकीकृत समाजवादीले स्थानीय निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने

काठमाडौं, १ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सचिवालय बैठकबाट संयन्त्र बनाइने भएको हो ।
दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको खतिवडाले बताए । स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ । गठबन्धन बनाएर निर्वाचनमा जानुपर्नेमा अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको पनि जोड छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक छन् । गठबन्धनविरुद्धमा उभिएका पार्टीका केही पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जथाभावी नबोल्न देउवाले निर्देशनसमेत दिइसकेका छन् । तर, गठबन्धनले स्थानीय निर्वाचनमा निरन्तरता पाउँछ भन्ने निश्चित छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


