काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी नेपालले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था राखिएको छ । त्यस्तै जसपाले १ र २ असारमा काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।