काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सिंहसँग निकोलष पाण्डे र हुमनाथ कोइरालाले प्रतिस्पर्धा गरेका थिए । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्र प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोपबहादुर रायमाझी विजयी हुँदा कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध चयन भएका छन् ।

त्यस्तै, महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् ।