प्रदीप यादवको कारबाही फुकुवा

पर्सा, ३० फागुन । जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
पर्सा जिल्लाबाट प्रतिनिधि सभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।
उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए ।
यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


