लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरू धर्नामा

काठमाडौं, २९ फागुन । लोक सेवा आयोगको नायब सुब्बाको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूले आयोगमा धर्ना दिएका छन् ।
आइतबार कमलपोखरीस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।
उनीहरुले गत भदौमा लिखित परीक्षाको नतिजा आएपनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योलमा परेको भन्दै आयोगको ध्यानाकर्षण गराएका छन् ।
परीक्षामा उत्तीर्ण भएर पनि अन्तर्वार्ता नहुँदा ४÷५ सय नासुको भविष्य अन्योल भएको जनाएका छन् ।
अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


