प्रधानमन्त्री बनाउँछु भनेपछि मात्र ओली संविधान बनाउन तयार भए : प्रचण्ड

काठमाडौं, २८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउँछु भनेर आफूले भनेपछि मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान बनाउन तयार भएको खुलासा गरेका छन् ।
पोष्टबहादुर बोगटीको सालिक अनावरणका लागि नुवाकोट पुगेका प्रचण्डले ओलीलाई ’तपाईं संविधान बनाउन सहयोग गर्नुस् म प्रधानमन्त्रीको ग्यारेन्टी गर्छु’ भनेपछि मात्र उनी तयार भएको बताएका हुन् । उनले तत्कालीन कांग्रेस नेता सुशील कोइरालालाई राष्ट्रपति बनाउँछु भनेपछि मात्र संविधान बनेको बताए ।
‘देशलाई संकट पर्यो भने निकास दिनपर्ने मुख्य दायित्वमा रहेको देखिन्छ । नेपालमा जनयुद्ध भयो र त्यसलाई शान्ति प्रक्रियामा रुपान्तरण गरियो । त्यो सामान्य कुरा थिएन । संविधानसभाबाट समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने आधारशिलाको रुपमा गर्यो । त्यो पनि सामान्य कुरा थिएन’ प्रचण्डले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


